काठमाडौँको जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

0
Shares

काठमाडौँ।

पानीका लागि बोरिङ खन्दा काठमाडौँको जोरपाटीमा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा  बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको स्थानीय पृथीलाल श्रेष्ठले बताए

बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको भिडियोमा देख्न सकिन्छ ।

अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको छ । घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।