रुबीभ्याली र गजुरी गाउँपालिकाका १२ स्वास्थ्य केन्द्र बन्द

0
Shares

धादिङ।

धादिङकाे गजुरी र रुबीभ्याली गाउँ पालिकामा करारका ककर्मचारी निकालिएपछि स्वास्थ्यसेवा प्रभावित भएकाे छ । यसअघिको स्थानीय सरकारले नियुक्त गरेकाे कर्मचारीले आफ्नो पार्टीलाई नसघाएकाे भन्दै करारका सबै कर्माचारी निकालेकाे थियाे ।

करारका कर्मचारी मात्र भएकाे स्वास्थ्य चाैकीहरुमा भने सेवा प्रवाह राेकिएकाे स्थानीयबासिले जानकारि दिएका छन् । स्वास्थ्य जस्ताे विषयमा ख्याल नगरि निर्णय गरेपछि विवाद सिर्जना भई ग्रामीण भेगमा स्वास्थ्य सेवा समेत बन्द भएकाे छ ।

उत्तरी धादिङकाे रुबीभ्याली गाउँपालिका- ८मा स्वास्थ्य संस्था असार २० गतेदेखि नै बन्द भएककाे छ ।
खादिङ आधारभुत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पाे आधारभुत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य ईकाई, तिनचेत सामुदायिक स्वास्थ्य ईकाई, कुप्चेत सामुदायिक स्वास्थ्य ईकाई, नेवेर सामुदायिक स्वास्थ्य ईकाई, सेर्तुङ हेल्थपाेष्ट बन्द भएकाे छ ।

स्वास्थ्य संस्थाहरु बन्द हुँदा विकटकाे गाउँपालिका भएकाेले बढी समस्या देखिएकाे छ ।

सुत्केरी गराउन अाउने देखि स्वास्थ्य परीक्षण गरी अाैषधी लिन अाउने विरामीहरले समस्या भाेगेकाेले करार सेवाबाट निकालिएका अहेव निरबहादुर तामाङले बताए ।

गाउँ पालिकाले असार १६ गते सूचना प्रकाशित गरी हेल्थ असिस्टेन्ट ३ जना, अहेव ८ जना, अनमी ९ जना समेत गरी २९ जना कर्मचारी माग गरेकाे प्रमुख प्रशासकीय अधिकृत ध्रुबकुमार राईले बताए । करारका कर्मचारी म्याद नथपी करारमै कर्मचारी माग गरेपछि स्वास्थ्य सेवा ठप्प भएकाे हाे ।
करारमा कर्मचारी हटाएपछि स्वास्थ्य सेवामा समस्या अाएकाे अधिकृत राईकाे भनाई छ ।

यस्तै गजुरी गाउँ पालिकामा समेत करारका कर्मचारी हटाएर नयाँका लागि विज्ञापन गरेपछि स्वास्थ्य सेवा प्रभावित भएकाे छ ।
गजुरी गाउँ पालिकामा असार ३० गते २० जना स्वास्थ्य सेवाका कर्मचारी करारमा माग गरिएकाे छ । अघिल्लाे स्थानीय सरकारले करार सेवामा राखेर काम लगाएका कर्मचारी सबै हटाउने र नयाँ राख्ने भनेपछि स्वास्थ्य सेवामा समस्या अाएकाे प्रमुख प्रशासकिय अधिकृत ध्रुब सापकाेटाले बताए । ल्याब असिस्टेन्ट २ जना, अनमी १० जना, अहेव ७ जना लगायका स्वास्थ्य सेवामा पुरानालाई हटाएर अाफ्नाे पार्टी कार्यकर्ता राख्नका लागि विज्ञापन गरिएकाे छ ।

गजुरी गाउँ पालिकामा ५ अाेटा स्वास्थ्य सेवा केन्द्रमा करारका कर्माचारी निकालिएपछि कर्मचारी बिहीन भएकाे छ । गजुरी गाउँ पालिका वडा नम्बर २, ३, ४, ६ र ७ काे अाधारभुत स्वास्थ्य सेवा केन्द्र कर्मचारी विहीन भएकाे र पुरानालाई अर्काे नअाउदासम्म ज्यालामा काम गर्न अनुराेध गरिएकाे गजुरी गाउँ पालिका स्वास्थ्य शाखाका सुन्दर श्रेष्ठले बताए ।

करारमा राखिएका सबै कर्माचारी हटाउँदा ४ नम्वर वडा कार्यालय समेत कर्माचारी बिहीन भएकाे छ ।
असार ३० सूचना जारी गरेकाले अझै कर्मचारी अाउने समय १५/२० दिन लाग्ने भएकाेले स्वास्थ्य सेवामा बढी असर परेकाे प्रमुख प्रशासकीय अधिकृत ध्रुब सापकाेटाले बताए । अाधारभुत स्वास्थ्य सेवा ईकाईमा १/१ जना अहेव, अनमी र कार्यालय सहयोगी रहने छन् ।

सामान्य मानवीय सम्वेदना समेत ख्याल नगरि माैलिक हक समेत हनन् गरेर गरिएकाे निर्णय मानवअधिकार विराेधी भएकाेले यश किसिमका राजनीतिक खेल बन्द गरी स्वास्थ्य सेवा सुचारु गर्न सम्बन्धित निकायसंग गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य गाेकर्ण रुपाखेतीले अाग्रह गरे ।