तारेकश्वरमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते



काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् ।

घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ ।

गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठोक्किएका थिए ।

दुबै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्