बालै–पिना–राताचौर सडक खण्डमा ग्राभेल गर्ने नाममा माटोको प्रयोग

0
Shares

मुगु ।

मुगुको गमगढी बालै–पिना–राताचौर सडक खण्डमा ग्राभेल गर्ने नाममा माटो मात्र प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
लेत्या खोलादेखि बालै पावर हाउससम्मको २५ सय मिटर सडकखण्डमा गुणस्तरहीन ग्राभेल प्रयोग गरेको स्थानीय छायानाथ रारा नगरपाालिका ५ का धनबहादुर भाम बताउँ छन्।

यो केही दिन अगाडि ग्राभेल सम्पन्न भएको मुगुको गमगढी बालै–पिना–राताचौर सडक खण्डमा दर्जन बढी बस्ति पर्दछन । तर सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो देखिन्न । ढुङ्गा, गिट्टी र माटोको समिश्रण हाल्नुपर्ने भएता पनि माटो मात्र प्रयोग गरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। रोड पहिलेको जस्तै हिलाम्मे र चिप्लो बन्ने सडक दुर्घटनाको जोखिम पनि धेरै हुने स्थानीय महिला रत्नदेवी मल्ल बताउँछिन् ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, मुगुको ८० लाख लागतमा जिग्मे निर्माण सेवाले ग्राभेलको काम गरेको हो ।
ग्राभेल गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको टिपर र रोलरसमेत प्रयोग नगरेको सडक स्तरोन्नतिमा कमिसनको चलखेलले सडकको रकम भुक्तानी गर्नेलाई कारबाही हुनुपर्ने छायानाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भाम बताउँछन् ।

अषाढको २४ गते खाता क्लोज हुने भएकोले अनुगमनमा थोरै समस्या भई रकम हतारमा भुत्तानी गर्नु परेको पूर्वधार विकास कार्यालय मुगुका प्रमुख साहिन्दार यादवले बताए ।

पूर्वाधार विकास कार्यालय मुगुले पनि पूर्ण रकम भूक्तानी गरिसकेको छ । कार्यालयले कार्यसम्पन्न भएको स्थानको अनुगमन नै नगरी गैर जिम्मेवार रुपमा रकम भूक्तानी गरेको हो। बर्सेनि समयमा प्राबिधिक स्टेटमेन्ट अनुसारको काम नभई सडकको रकम दुरुपयोग हुने प्रवृति दोहोरिएको कुरा छायानाथ रारा नगरपालिका ४ का गोबिन्द मल्ल बताउँछन् ।

देश संघीय संरचनामा नजाँदैदेखि यो सडकमा बजेट विनियोजन हुँदै आएको छ । करोडौँ लगानी हुँदा पनि सडकको अवस्था भने उस्तै छ । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसकेको यो सडक कसैका लागि कमाइखाने भाँडो मात्र बनेको सडक प्रति सवर्साधारणको गुनासो रहदै आएको छ ।

जिल्लाकै गैरवको आयोजनाको रुपमा रहेको जिल्ला भित्रकै सडकमा समेत अनुगमन र हतारमा बजेट हात पार्नुले अनयमितता माथि कारबाही नहुनुले ठेकदारमा कमसन त्रन्त्र बढेको छ । ग्रामीण भेगका विकास आयोजना त झनै अनियमितता हुने गरेको जन प्रतिनिधिको गुनासो छ ।
तस्बिर : सडकमा माटोको प्रयोग हुँदै