रौतहटबाट १४ केजी गाजा बरामद

0
Shares

रौतहट ।

सशस्त्र प्रहरीले आईतबार राति ठुलो परिणाममा प्रतिबन्धित लागूऔषध गाजा सहित एउटा स्कारपियो गाडी बरामद गरेको छ । रौतहटको राजपुर नगरपालिका–६ कुडिया टोलमा बेवारिसे अवस्थामा रहेको डिएल ४ सी नम्बरको भारतीय स्कारपियो गाडीमा लुकाईराखेको १३ पोकामा रहेको १४ किलो गाजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीको टोलिले नियन्त्रणमा लिएको प्रतिबनिधत गाजा सहितको स्कारपियो गाडि लाई जिल्ला प्रहरी कार्यालयमा बुझाईएको ११ नम्बर सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक ध्रब कार्कीले बताए ।