मोदीले भेट्न चाहेनन् किन ? प्रचण्ड भन्छन् : मलाई थाहा भएन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुन सकेन । मोदीसँग भेटवार्ता गर्ने भनिए पनि अन्तिम समयमा उनीहरुबीच भेटवार्ता हुन सकेन ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किँएका प्रचण्डले त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा सञ्चाकर्मीसँग संवाद गर्दै प्रतिक्रिया दिँदै भने, ‘आफूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न नचहानुको कारण थाहा नभएको बताए । आफूलाई यसबारेमा एकीन थाहा नभएको प्रतिक्रिया दिए ।’

‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।’

प्रतिक्रिया दिनुहोस्