पछिल्लाे २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षण गर्दा एक सय ३५ जनामा संक्रमण भएको हो ।

जसमध्ये एक हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जना र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।
आज (आइबार) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्