अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री मोदीबीच भेटवार्ता नहुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएकोृ छ ।

मोदी सरकारको सत्तासाझेदार दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा शुक्रबार दिल्ली प्रस्तान गर्नुअघि अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीससँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने बताएका थिए ।

तर, भ्रमणको आज (आइतबार) अन्तिम दिन प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड आज बेलुकी स्वदेश फर्किँदै छन् ।

प्रतिक्रिया दिनुहोस्