आयल निगमलाई सात अर्ब ऋण उपलब्ध



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खरिदमा देखिएको समस्याको समाधानका लागि आयल निगमलाई ७ अर्ब ऋण उपलब्ध गराउने भएको छ । पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले ऋण उपलब्ध गराउने भएको हो ।

गत असार ३१ मा बसेको मन्त्रिपरिषद् बैठकको गरेको निर्णयअनुसार निगमलाई सरकारले ७ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ऋण उपलब्ध गराउनेबारे जनाकारी दिएका हुन् ।

पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समयोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपियाँ भने अनुदा स्वरूप उद्योग मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्