घट्यो डिजेल र पेट्रोलको मूल्य तर बिक्री मूल्य नघट्ने



काठमाडौं । डिजेल र पट्रोलको मूल्य घटेको छ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै मूल्य घटेको हो ।

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य घटेको छ । पेट्राृलको साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।

नेपाल आयल निगमका अनुसार आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

तर, तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्