माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किँने भएका छन् । तीन दिने भारत भ्रमणमा निस्केका उनी आज (आइतबार) स्वदेश फर्किँने भएका हुन् ।

गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्तान गरेका प्रचण्ड आइतबार बेलुका स्वदेश फर्किने भएका छन् । उनी तीन दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्