सामुदायिक वनमा एक वृद्धा मृत फेला, हत्याको आशंका

0
Shares

पाल्पा ।

जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमती ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार विहान खाना खाई जंगलमा दाउरा खोज्न हिडेकी वृद्धा अवेरसम्म पनि घर नर्फिएपछि स्थानीयले खोजतलास गरेका थिए । उनलाई खोज्दै जाँदा जंगलमा मृत अवस्थामा फेला पारेपछि स्थानीय वडा सदस्यले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान सहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानपछि वृद्धाको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वृद्धाको निधारमा चोट देखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनु भयो । स्थानीयले मृत आलेको निधारमा चोट देखिएकाले कसैले हत्या गरेको हुनसक्ने आशंका गरेका छन ।