दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट



काठमाडौं । शुक्रवार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेत्री आरजु देउवाबीच
भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिनअघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो ।

सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र आरजुबीच भेटवार्ता भएको थियो ।

प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्