म्याद थप नगरेपछि करार कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते



दैलेख । करार कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिकाका करार कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भएका हुन् ।

करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको थियो । उक्त  झडपमा परि ७ जना घाइते भएका छन् ।

आन्दोलनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । हवाइ फायरबाट ७ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्