फोहोर व्यवस्थापनको स्थायी समाधान हुन्छ : मन्त्री चौधरी



काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा जनतासँग प्रत्यक्ष भेट गरी सुझाव सङ्कलन गर्न सुरु गरेका छन् ।

भगवती मावि साँखुमा आज आयोजित ‘विद्यार्थीसँग मन्त्री’ कार्यक्रममा उनले व्यवस्थित सहर निर्माणबारे विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै समाधानका उपाय प्रस्तुत गरे ।

विद्यार्थीका सुझाव गम्भीरतापूर्वक सुनेका मन्त्री चौधरीले जनस्तरबाट आएका सुझावका आधारमा फोहोरको स्थायी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिबद्धताविना कुनै पनि काम सम्पन्न नहुने बताउँदै उनले भने, “म तपाईंमा भएका प्राकृतिक ज्ञान सुन्न आएको हुँ । यहाँहरूका सुझाव कार्यान्वयन गर्छु ।”

प्रतिक्रिया दिनुहोस्