सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर गर्न सहमत

0
Shares

काठमाडौं ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिले बुधबार मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक धनश्याम थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपियाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपियाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरू धमाधम मर्जरमा जान थालेका छन् । गत १२ असारमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको थियो ।