नमुनालाई उपाधि



काठमाडौं, (नेस)

नमुना फुटसलले प्रथम एन्जल्स एसईई कप छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि कविन्द्र तामाङले २ तथा समिर गुरुङले १ गोल गरे । मनासलुका कविर तामाङले सान्त्वना गोल गरे । उपाधिसँगै नमुनाले ३० हजार नगद पुरस्कार पायो भने मनासलुले २० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा भएको प्रतियोगितामा मनासलुका विश्वास घले उत्कृष्ट खेलाडी घोषित भए । नमुनाका सञ्जय तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत प्लस २ अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्