चिकित्सक संघद्वारा खुसी व्यक्त

0
Shares

काठमाडौं ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संसोधन ऐन २०७९ व्यवस्थापिका संसदबाट जारी भएकोमा नेपाल चिकित्सक संघले खुशी व्यक्त गरेको छ ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन विधेयक २०७९ लाई पारितका लागि प्रस्ताव राख्नुभएलगत्तै पारित भएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो– ‘यो हामी चिकित्सकका लागि मात्रै खुशीको कुरा होइन, सम्पूर्ण स्वास्थ्यकर्मीहरूका लागि सुवर्ण अवसर हो । संघको १०औं वर्ष देखिको प्रयास सफल भएको छ । यो कानुनले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने गरेका आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

संशोधित ऐनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्ने व्यक्तिमाथि गैरजमानती हिरासतमा लिएर छानबिन तथा सजाय दिन पाउने व्यवस्था राखिएको छ । यस्तै स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई पूर्वपक्षका लागि थुनामा राखी २ देखि ५ वर्ष कैद वा २ देखि ५ लाख जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिनुले अनावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुलहुज्जत गर्ने र कानुनको बरखिलाप गर्न खोज्नेहरूलाई कानुनी रूपमै कारबाही हुने व्यवस्था संशोधित ऐनमा राखिएको छ ।

त्यसै गरी पूर्व अध्यक्ष डा. भोजराज जोशीले आफ्ना पालामा पनि चिकित्सकमाथि कहिलेकाँही दुव्र्यवहार हुने गरेको र सो क्रम पछिल्ला दिनहरूमा धेरै बढ्दै गएको अवस्थामा दुव्र्यवहार कम गर्न संशोधित ऐन उपयोगी हुने बताउनुभयो । त्यस्तै अर्का पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झाले थुप्रै चिकित्सकहरू देशभित्र सेवा गर्ने ईच्छा हुँदाहुँदै असुरक्षाको कारण विदेश विदेशिन बाध्य भएको तितो यथार्थलाई नियालेको संसदले पारित गरेको संशोधित ऐनले आगामी दिनमा आफ्नो पेसामा सुरक्षा हुने वातावरण बनाउन कानुनले आधार तय गरेको बताउनुभयो ।