जापानले दियो एम्बुलेन्स

0
Shares

काठमाडौं ।

जापानले लालीगुराँस नगरपालिका, तेह्रथुमस्थित वसन्तपुर महिला समाजलाई बिहीबार एक एम्बुलेन्स प्रदान गरेको छ ।
नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएअनुसार करिब ७२ हजार अमेरिकी डलर मूल्यको सो एम्बुलेन्स पहाडी कच्ची बाटोमा पनि गुड्नसक्ने फोर–ह्वील–ड्राइभ क्षमताको रहेको छ ।

राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले एम्बुलेन्स हस्तान्तरण समारोहमा यस सुविधाका कारण त्यस क्षेत्रका नागरिकको उपचारमा योगदान पुग्ने धारणा राख्नुभयो । ‘यस प्रकारको सेवाबाट दुवै देशका नागरिकबीच सद्भाव अभिवृद्धि हुनेछ’ तामुराले भन्नुभएको छ ।

लालीगुराँस नगरपालिकामा तेह«थुमका नागरिक मात्र नभई छिमेकी ताप्लेजुङ, संखुवासभा र धनकुटा जिल्लाबाट पनि उपचारका लागि बिरामी आउने गरेको पनि विज्ञप्तिमा जनाइएको छ । एम्बुलेन्सले लालीगुराँस नगरपालिकामा रहेको अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई अन्यत्र सुविधासम्पन्न अस्पतालमा पु-याउने पनि जनाइएको छ ।

जापानको जीजीपी परियोजनाअन्तर्गत यो सुविधा प्राप्त भएको हो । परियोजनाले सन् १९९१ देखि जनस्तरको सेवाका लागि सहयोग गर्दैआएको छ ।