गोरखामा पहिरोबाट विस्तापित र जाजरकोट चट्याङबाट अवरुद्ध सडकबारे समाधानको उपाय खोज्न गृहमन्त्री खाणद्वारा निर्देशन

0
Shares

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १ श्याम्चेतमा गएको पहिरो परेर विस्थापित भएकाहरुलाई तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन र दीर्घकालिन समाधानको उपाय खोज्न निर्देशन दिनुभएको छ ।

प्राविधिकिहरुलाई अध्ययन गराएर बस्ती स्थानान्तरण गर्नु पर्ने भएमा पनि आवश्यक प्रक्रिया सुरु गर्नसमेत गृहमन्त्री खाणले गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो ।

तत्कालका लागि उद्धार, राहत घरपालुवा बन्यजन्तुको अवस्थाबारे पनि गहृमन्त्री खाणले जानकारी लिएको प्रजिअ आचार्यले बताउनुभयो ।पहिरोबाट २८ घरपरिवार विस्थापित भएका प्रजिअ आचार्यले जानकारी दिनुभयो । पहिरोबाट चम्चेत बस्ने बर्ष ६० को केदार लामा ९गोठ० बर्ष ३२ को राश बहादुर लामा घरमा क्षती भएको छ ।

पहिरोमा परेर चार जना सामान्य घाइते भएका छन् । पहिरोमा परेर तारा लामा, मनबहादुर लामा, अरमान लामा र सिंहबहादुर लामा घाइते भएका छन् । प्रशासनले तत्कालका लागि आवश्यक पर्ने खाद्य सामाग्री वितरण गरेको छ । उनीहरुलाई नजिकैको स्कुलमा राखिएको प्रजिअ आचार्यले बताउनु भयो ।

जाजरकोटको सडकबारे जानकारी

गृहमन्त्री खाणले जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीसँग जिल्लााको बारेकोट गाउँपालिकाको पालिकाको केन्द्र रहेको वडा नं २बाट वडा नं ५ जोड्ने सड्कको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । सो सड्कमा केही दिन अघि चट्याङ परेर चट्टान चर्किएको थियो ।

त्यो ठूलो चट्टान बुधबार आफै फुटेर बाटो अवरुद्ध भएएको र बिहीबार सुरक्षा समितिको बैठक बसी निर्णय गरेर हटाई सडक सञ्चालनमा ल्याइएको जानकारी गृहमन्त्रीलाई गराएको प्रजिअ शाहीले बताउनुभयो ।