गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको भव्य प्रदर्शन



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल (क्रान्तिकारी)ले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

गभर्नर भएर राजनीति गर्न पाइँदैन, अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा देु लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्