पहिरोबाट विस्थापित भएकाको उद्धारमा कमि हुन नदिन गृहमन्त्री खाणको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोरखा जिल्लाको आरुघाट गाउपालिका वडा नम्बर १ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो परेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन लिएका छन् ।

गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमि हुन नदिन निर्देशन दिएका हुन् ।

पहिरोले स्थानीय वीरबहादुर गुरुङको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकोले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए । पहिरोबाट विस्थापितलाई उद्धार गर्न प्रहरी र सशस्त्रको टोली घटनास्थलमा पुगिसकेको जानकारी प्रजिअ आचार्यले बताए ।

पहिरोले ६ वटा घर पुरेको छ । मानवीय क्षति नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्