नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो



काठमाडौँ।

कोभिड १९ ले पुनः महामारीको रुप लिने त हैन ? हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले बृद्धि भएको छ । विहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांक अनुसार २ सय ६० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

विहीवार दैनिक झै दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४४ जनाको नमुना परीक्षण गरिएको गरिएकोमा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । दुई अंकमा झरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये २३ जना अस्पतालमा उपचार गराई रहेका छन भने १ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन्, अस्पतालमा रहेका मध्ये १४ जना सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराईरहेको पनि जनाएको छ । आईसियुमा रहेका मध्ये एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्