थप २६० जनामा कोरोना सङ्क्रमण



काठमाडौँ।

देशभर थप २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको २ हजार २७ पिसिआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ४६ जनामा गरी जम्मा २६० जनामा सङ्क्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्