सेवाग्राहीको चाप बढेपछि कार्यालयकाे समयावधि बढाइयो

0
Shares

रसुवा।

जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेपछि कार्यालयको समय बढाइएको छ । कार्यालयले असार ३१ गते शुक्रबारदेखि साउन ९ गते सम्म सेवा अवधि बढाउन लागेको हो । कार्यालयमा सेवाग्राहीहरूको चाप बढ्दै गएकाले समयको पावन्दि लाई मध्ये नजर गरेर  समय बढाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसिले जानकारी दिनुभयो । उहाँका अनुसार अब ३१ गतेदेखि साउन ९  गते सम्म  बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म सेवा दिइने छ।

 

अब बिदाको दिन बाहेक अन्य दिन थप समयमा सेवा प्रवाह हुनेछ ।   बर्खा को समय मा सेवाग्राही लाई आवत जावतमा कठिन हुने हुँदा हाेटलमा वस्नुपर्नै बाध्यता हुन सक्ने  भएकाले सेवाग्राहीलाई सहज हाेस भनेर यस्ताे निर्णय गरिएकाे बताइएको छ।