एम अधिकारी प्रकरण : एमालेको स्पष्टीकरणमा नै अस्पष्ट !

0
Shares

काठमाडौं । नेकपा (एमाले)ले एम अधिकारी प्रकरणबारे स्पष्टीकरण दिएको छ । उसले दिएको स्पष्टीकरण नै अस्पष्ट देखिएको छ ।

आज (बिहीबार) एमालेले विज्ञप्ति जारी गर्दै अधिकारी अर्थ तथा योजना विभागको सदस्य नभएको स्पष्टीकरण दिएको हो । उसले दिएको सपष्टीकरणमा एम अधिकारी को हुन्, जसको बारेमा भने स्पष्ट पारिएको छैन ।

यता, गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि भ्रामक प्रचार फैलाइएको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताएका छन् ।

उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।

तर, विज्ञप्तिमार्फ दिएको स्पष्टीकरणमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि एमालेले एम अधिकारी यीनै हुन् भनेर स्पष्ट पारेको छैन । पार्टी कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले अधिकारीको राजीनामा मागिरहेका छन् ।

विभिन्न सामाजिक सञ्जालमा पनि महाप्रसाद अधिकारी एमालेको कार्यकर्ता भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।