उपसभामुखको निर्वाचनमा कांग्रेसकी गौतम र एमालेकी भट्टराईबीच प्रतिस्पर्धा, लोसपा कसको पक्षमा ?

0
Shares

काठमाडौं । उपसभामुखको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ । प्रतिनिधिसभाको समायावधि सकिँनै लाग्दा उपसभामुख पदका लागि निर्वाचन हुने भएको हो ।

उपसभामुख पदका लागि प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उनी दुवै जनाले उक्त पदका लागि आज (बिहीबार) मनोनयन दर्ता गराएकी छिन् ।

सत्तासाझेदार दलहरूले भुसाललाई समर्थक गर्ने निश्चित छ । तर, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि भुसाललाई समर्थन गर्ने भएको छ ।

लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको बताइएको छ ।