वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौं ।

वैदेशिक रोजगारी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन, साविक जुटपानी गाविस वडा नम्बर-८ बतन भएको ४६ श्रीकृष्ण घिसिङ्ग तामाङ रहेका छन् ।

तामाङलाई कलंकीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

बैदेशिक रोजगार न्यायाधिकरणको ०७७ चैत १७ गतेको फैसलाले बैदेशिक रोजगार कसुर मुद्दामा ६ बर्ष कैद तथा ६,००,००० जरिवाना ठहर भई वारदात पश्चात फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।