केबीएलाई प्रेसिडेन्सियल बिजनेसको साथ

0
Shares

काठमाडाैं । 

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) र प्रेसिडेन्सियल बिजनेस स्कुलबीच सहकार्य भएको छ । केबीएमा प्रेसिडेन्सियल बिजनेस स्कुलको शीर्षक प्रायोजन हुनेछ ।

अब ‘प्रेसिडेन्सियल काठमाडौं ब्याडमिन्टन एकेडेमी’ को रूपमा सञ्चालन हुनेछ । यो सम्झौता दुई वर्षका लागि हो । वार्षिक १५ लाख रुपियाँको प्रायोजनलाई दीर्घकालीन सहकार्य रहेको छ ।

प्रेसिडेन्सियल बिजनेस स्कुलले केबीएलाई वार्षिक ५ लाख नगद र केबीएका खेलाडीलाई प्रेसिडेन्सियल कलेजमा १० लाख बराबरको ब्याचलर र मास्टर्स स्तरका कोर्स अध्ययन गर्ने सुविधा दिनेछ । सहकार्यसँगै गुरु पूर्णिमाको अवसरमा ब्याडमिन्टनका गुरुहरूलाई सम्मान गरिएको छ ।