गुरु पूर्णिमामा पदक विजेता सम्मानित

0
Shares

 काठमाडौं ।

नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघको आयोजनामा गुरु पूर्णिमा को शुभ अवसरमा भारतमा सम्पन्न ११औं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०२२ मा विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष शिव कोईरालाको प्रमुख आतिथ्यतामा भएको उक्त ‘खेलाडी सम्मान तथा गुरु पुर्णिमा कार्यक्रम –२०७९’ मा संघले दक्षिण एसियाली प्रतियोगितामा १६ स्वर्ण, ७ रजत र ९ कास्यपदक प्राप्त खेलाडीलाई खादा, माला र सम्मानपत्र प्रदान गरिएको थियो ।

संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव प्रवीण बस्नेतले दिएका थिए । संघका सल्लाहकार तथा राखेप सदस्य जनक बर्ताैला, वरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, मिस नेवाः २०२१ कृषा महर्जनले बधाई तथा शुभकामना मन्तव्य दिए ।

विशेष अतिथि समाजसेवी सुरबहादुर श्रेष्ठले गुरु पूर्णिमाको महत्वका साथै शिष्य र गुरुको अलौकिक सम्बन्धका बारेमा प्रकाश पार्दै खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राखेकोमा हार्दिक बधाई दिनुका साथै विभिन्न जिल्ला तथा डोजो साथै विभागीय टिम नेपाली सेनाका गरी १ सय ३५ जना खेलाडीहरू सहभागी रहेको उक्त कार्यक्रममा खेलाडीहरूले खेलकुद प्रदर्शन गर्नुका साथै एक–आपसमा शुभकामना आदान–प्रदान गरी गुरुहरूलाई उपहार, मायाको चिनोका साथै खादा, माला, अबिर लगाएर भव्य रूपमा गुरु पूर्णिमा मनाइएको थियो ।