हेराल्ड बास्केटबलमा सय टिम



काठमाडौं । हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा तेस्रो हेराल्ड एसईई कप बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा १६ गरी १ सय टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

दुवै समूहमा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुनेछ । दुईदिने नकआउट प्रतियोगिता बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ ।

पत्रकार सम्मेलनमा हेराल्डका एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुयाँल र राजेश अर्याल, एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्