सल्यानका १३ जना कृषकसहित दुई सहकारीलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’



सल्यान । सल्यानका १३ जना कृषकसहित दुई सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट कृर्षक पुरस्कार प्रदान गरिएको छ । कृषि विकास कार्यालय सल्यान र पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानको मूल्यांकनका आधारमा १३ जना किसान र दुई वटा सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।

कृषि उत्पादनमा र पशुपालन क्षेत्रमा बढि उत्पादन र महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरूलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा आज (बुधबार) आयोजित कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालयतर्फ ७ जना कृषक र दुईवटा सहकारीलाई पुरस्कार प्रदान गरिएको छ ।

यस्तै कृषि विकास कार्यालय सल्यानतर्फबाट ४ जना किसानलाई पुरस्कार प्रदान गरिएको हो । यस्तै कृषि क्षेत्रमा महत्वपुर्ण योगदा पु¥याएको भन्दै ९ जना अगुवा कृषकलाई सम्मानित गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावत र प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले संयुक्तरुपमा किसानलाई पुरस्कार प्रदान गरेका थिए ।

पशु कार्यालयतर्फ दूध उत्पादन गर्ने प्रकाश केसी, गाई पालनतर्फ केशव शर्मा, कुखुरा पालनतर्फ दिपमाला तुलाधर, बाख्रा पालनतर्फ दिपेन्द्र रेउले, बंगुर पालनतर्फ उमलाल कामी, घाँस उत्पादनतर्फ घनश्याम भण्डारी र माछा पालनतर्फ रमा भण्डारीलाई पुरस्कृत गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार सहकारीतर्फ जलेखर्क दूग्ध उत्पादन तथा प्रशोधन सहकारी र सामुदायिक बहुृउदेश्यीय सहकारीलाई पुस्कृत गरिएको छ । किसानले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र र सहकारीलाई नगद २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको कार्यलयका प्रमुख उपाध्यायले बताए ।

यस्तै कृषि बिकास कार्यालयबाट अदुवा बाली उत्पादन गर्र्ने मदन घर्ति, तरकारी उत्पादन गर्ने तर्फ पवित्रा वली, मौरी पालन तर्फ जितबहादुर बुढा र फलफुल खेतीतर्फ रुपधरी योगीलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताए ।

उनका अनुसार पुरस्कृत हुने किसानलाई नगरद १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको लागि कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशुसेवा कार्यालयले सूचना जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्