उपसभामुख उम्मेदवार कांग्रेसकी पुष्पा भुसाल



काठमाडौं । सत्तारुढ दलहरुले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको स्रोतले बताएको छ ।

यसअघि कांग्रेस नेता मीन विश्वकर्माले गठबन्धनभित्र उपसभामुख कांग्रेसलाई दिने सहमति भएको जानकारी दिएका थिए ।

उपसभामुखका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ । चुनाव शुक्रबार हुनेछ । सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने छिन् ।

प्रतिक्रिया दिनुहोस्