मित्रराष्ट्रहरूको साथ लिएर नेपाल अघि बढिरहेको छ : राष्ट्रपति भण्डारी



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटको भएको हो ।

भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छन् । भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्याएको बताएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताएकी हुन् । चनियाँ नेता लिउले भने आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताएका थिए ।

बिहान साढे ३० देखि राष्ट्रपति निवास पुगेका लिउ सवा ११ बजेसम्म बाहिरिएका थिए । लिउ बुधबार बेलुका नै बेइजिङ फर्कने कार्यक्रम छ । उनले आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासहित काग्रेंसका अन्य नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्