गभर्नर अधिकारीलाई कारबाही गर्न माओवादी सांसदको माग



काठमाडौं

नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

सांसदहरूले गभर्नर अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग गरेका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने क्रममा माओवादी सांसदहरू रेखा शर्मा, अमृता थापा, अन्जना विशंखेलगायतले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्