सभामुखद्वारा पाँच विधेयक प्रमाणित



काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनबाट पारित भएका पाँच विधेयक प्रमाणित गर्नुभएको छ । संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विधेयकहरू मंगलबार प्रमाणित गर्नुभएको हो ।

सभामुख सापकोटाले लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९-०८० को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्नुभयो ।

त्यसै गरी राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गर्नुभएको हो । प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी रूप लिनेछ ।

प्रतिक्रिया दिनुहोस्