लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल



काठमाडौं ।

प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४(० अन्तरले हराएको छ ।

बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक(एक गोल गरे ।

टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछी युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ ।

प्रतिक्रिया दिनुहोस्