प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे



सप्तरी । नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही कामका लागि कार्यालयभित्र पसेको मौका छोपेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुःख दिने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

हवलदार धामीले पार्किङमा राखेको मोटरसाइकलको दुवै पाङ्ग्राको हावा खोलेर नराम्ररी दुःख दिएको न्युज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङले बताए । उनले भने, ‘सानो कामले कार्यालय गएको थिए ।

पश्चिमतर्फ नो पार्किङ लेखेको बोर्ड देखेर सडकको पूर्व भागमा मोटरसाइकल पार्किङ गरी भित्र गए । तर १० मिनेटपछि काम सकेर बाहिरिँदा मोटरसाइकलको दुवै टायर पन्चर भएको थियो ।  पन्चर कसरी भयो भनी खोजी गर्दा प्रहरी हवलदार धामीले मैले हावा खोले केही भन्नु छ भन्दै ठूलो स्वरले कराएर थर्काउन थाले ।’

पार्किङमा राखेको अन्य गाडिलाई केही नगरी आफ्नो प्रेस लेखेको गाडीमा मात्र हावा खोलेको उनले बताए । हावा किन खोलेकोभन्दै सोध्दा हवलदार धामीले एसपीको आदेशले हावा खेलेको उत्तर दिएको तामाङको आरोप छ ।

पत्रकार तामाङले दुवै पाङ्ग्राको हावा नभएको मोटरसाइकल लिएर डेढ किलोमिटरको बाटो पुगेर हावा लगाउन खोज्दा दुवै टायर काम नलाग्ने भएपछि लिकुड फेर्नु परेको तामाङले  दुखेसो पोखे ।

यश सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले तोकिएको पार्किङमा राखेको मोटरसाइकलको हावा खोल्ने हवलदार धामीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई घटना बारे बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्