समाज सेवाकाे क्षेत्रमा लायन्स खुल्ला विश्वविद्यालय : उपाध्यक्ष काफ़्ले

0
Shares

काठमाडौं ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. रघुराज काफ्लेले समाज सेवाको क्षेत्रमालायन्स खुल्ला विश्वविद्यालय भएको बताउनु भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३ जोन ६ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोहमा काफ़्ले सो कुरा बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका काफ्लेले संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै लायन्सलेसमाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउनु भएको थियो । उहाँले लायन्सले समाजमा गरेकासेवाभावका कार्यलाई संस्थागत गर्न प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह समेत गर्नुभयो ।

लायन्सले समाजमाशिक्षास्वास्य, वातावरण, सामाजिक र मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरीसमाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आउँदा दिनमा प्रदेशलाई समृद्ध प्रदेश बनाउनआर्थिक क्रान्तितर्फ ध्यान दिन जोड दिनु भएको थियो ।

लायन्स क्लबलाई विश्वव्यापी सन्जाल भएको स्वयंमसेवी संस्थाको रुपमा आफुले चिनेको बताउदै ‘हामी सेवागर्छौं’ भन्ने भावनाका साथ विश्वभर लाखौ व्यक्तिहरु लायन्स क्लबमा आबद्ध भई समाज रूपान्तरणमा खेलेकोभूमिका प्रति खुलेर प्रशंसा गर्नु भयो ।

उहाँले भन्नुभयो,’भनिन्छ लायनवाद, प्रत्येक सफल व्यक्ति आफ्नो समुदायको लागि केही गर्नुपर्छ भन्ने सेवाकोभाव पनि हो ।’वर्तमान प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको छ । गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रदेशसरकार योजना बनाएर लागिपरेको बताउँदै उपाध्यक्ष काफ्लेले समृद्धिको अभियान अगाडी बढाउन लायन्सलेसमाजमा खेलेको विकासका गतिविधिले मदत पुगेको बताउनुभयो ।

गण्डकी प्रदेश सम्भावना नै सम्भावना बोकेको प्रदेश भएपनि सम्भावनालाई उजागर गर्न नसकिएको उहाँकोभनाई थियो । “जति रुपमा प्रयोग गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन।”

देशको कुल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदेशको ९ प्रतिशतमात्रै जीडीपीमा योगदान रहेको बताउँदै त्यो पर्याप्तनरहेको १४-१५ प्रतिशत पुर्रयाउने लक्ष्यमा लायन्सको पनि महत्वपूर्ण भूमिका रहोस भन्ने भनाई उपाध्यक्षकाफ़्लेको रहेको थियो ।