दलको निर्णयलाई चीनले सम्मान गर्ने



cWoIf bfxfn;Fu lzi6frf/ e]6jftf{ ub}{ l;lk;Lsf ljb]z ljefu k|d’v sf7df8f}F, @& c;f/M g]skf -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08Ú;Fu pxfFsf] lgjf; v’dn6f/df g]kfnsf] rf/lbg] e|d0fdf /xg’ePsf lrlgofF sDo’lgi6 kf6L{sf ljb]z ljefu k|d’v lnp lhofg rfcf]] lzi6frf/ e]6jftf{ ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं

नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियाङ छाओले नेपालको कुनै पनि राजनीतिक दलले आफ्नो बारेमा आफैंले निर्णय गर्नुपर्ने र उक्त कुरालाई चीनले सम्मान गर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार अपराह्न दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा उहाँले स्पष्ट रूपमा उक्त धारणा राख्दै चीनलाई त्यसमा कुनै चासो नभएको बताउनुभएको थियो । भेटवार्तापछि सञ्चारकर्मीसँग बोल्दै माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘यहाँ के गर्ने भन्ने कुरा माओवादी केन्द्र वा अन्य वामपन्थी दलको आफ्नै कुरा हो, त्यसमा हामी हस्तक्षेप गर्न चाहन्नौं र चीनले त्यसमा रुची पनि लिँदैन ।’

वाम पार्टी एकताका बारेमा कुनै पनि कुरा नभएको दाबी गर्दै श्रेष्ठले भन्नुभयो–‘बरू उहाँले नेपालका दलहरूबीच एकता होस् । सबै मिलेर नेपालको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गरेकोमा हामी खुशी छौं । दलहरूमा आफ्नो बारेमा आफैं निर्णय लिने क्षमता वृद्धि होस्, चीनले प्रगति गरेको पनि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो निर्णय आफैं गरेर हो भन्नुभयो ।’
भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठका साथै कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता थियो ।

सोमबार नै चिनियाँ विदेश विभाग प्रमुख लिउले गोकर्णेश्वर नगरपालिका–१ स्थित विपी संग्रहालयको निरीक्षण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षरोपण गर्नुभएको थियो । लिउले अध्ययनका क्रममा आफूले विपी कोइरालालाई बुझेको बताउँदै संग्रहालयको अवलोकनले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अझै नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभएको संग्रहालयका अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्