प्रचण्ड भेट्न खुमलटार पुगे लिउ



काठमाडौं ।

नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। सीपीसीको विभाग प्रमुख बनेपछि उनी पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्।

नेपालमा पछिल्लो पटक चीनविरोधी गतिविध बढेको भन्दै बेइजिङले चिन्ता व्यक्त गरिरहेका बेला उनी नेपाल भ्रमणमा आएका हुन्। आम निर्वाचनसम्म कम्युनिस्ट पार्टीहरुलाई एकता गराउने विषयमा समेत उनले छलफल गर्ने स्रोतले बताएको छ।

काठमाडौं आएलगत्तै उनी आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई देश हितको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्