राष्ट्रपति भण्डारीद्वारा दुई देशका लागि राजदूत नियुक्त



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। साेमबार राष्ट्रपति भण्डारीले अष्ट्रेलिया र इजिप्ट गरी देशका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले  गणतन्त्र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत रहने गरी भरतकुमार रेग्मी  यस्तै, इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशिलकुमार लम्साललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्