त्रिविकाे रजिस्ट्रार कार्यालयमा नेविसंघले लगायो ताला



काठमाडौं ।

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन, नेपाल विद्यार्थी संघले त्रिवि व्यवस्थापन संकायको रजिस्ट्रार कार्यालयमा ताला लगाएका छन्।

काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाइ सभापतिसहितले आज कीर्तिपुर पुगेर रजिस्ट्रार कार्यालयमा ताला लगाएका हुन्।

नेविसंघ नेताहरू मदनराज उपाध्याय, विवेक लामा घिसिङ, केशरजंग बम, विष्णु बडेला, अशोकसिंह विष्ट, दीर्घराज भट्ट, हरिश देउवा, लक्ष्मण भाट, सुस्मा पाण्डे, श्याम ओझा, किशोर जोशी, निराजन सुवेदी लगायतले त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै विरोध गरेका छन्।

व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले राजीनामा नदिएसम्म ताला नखुल्ने नेविसंघ नेता उपाध्यायले बताए।

प्रतिक्रिया दिनुहोस्