चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे



lrlgofF sDo’lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d’v lnp lhofgrfcf] g]kfndf sf7df8f}F, @^ c;f/ M lrlgofF sDo’lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d’v lnp lhofgrfcf] cfOtaf/ g]kfnsf] rf/ lbg]] ed|0fsf qmddf lqe’jg cGt//fli6«o ljdf:yndf cfOk’Ug’ x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ।

चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई)का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज विहान काठमाडौं आइपुगेका छन् ।
आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियो मार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा। खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्