एनआईसी एसिया बैंकद्वारा ३० लाख बिमा रकम भुक्तानी



काठमाडाैं।

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोल्नुभएका ३ जना ग्राहकलाई घातक रोगको बिमावापत प्रतिव्यक्ति १० लाखको दरले बिमा रकम भुक्तानी गरेको छ ।

बिमा लाभ प्राप्त गर्नुहुनेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएका हरिन्द्र साह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएका प्रचण्डजंग शाह र थली शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएका सञ्जित तामाङ हुनुहुन्छ ।

लाभदायीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रूपमा एक कार्यक्रमका बीच बिमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्