प्रधान सेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधान सेनापति शर्मा र राजदूत श्रीवास्तवबीच  सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो।

शुक्रबार भएको  भेटवार्तामा दुई पक्षीयबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।