जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

0
Shares

सिन्धुली।

कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ स्थायी घर भएका ५६ वर्षीय चतुर्मान लो समेत रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

लजमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र २२ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।