पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्तिको पहिचान खुल्याे



एजेन्सी ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्तिको पहिचान खुलेको छ । सरकारी टीभी एनएचकेले ती व्यक्ति तेचुया यामागामी भएको खबर दिएको छ । ४१ वर्षीय ती व्यक्ति नारा शहरमा बस्छन् । नारामा नै आबेमाथि चुनावी अभियानका क्रममा शुक्रवार गोली प्रहार गरिएको थियो ।

आक्रमणकारी यामागामी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको जापानी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । आबेप्रतिको असन्तुष्टिका कारण आफूले गोली चलाएको यामागामीले प्रहरीलाई बताएका छन् ।

शिन्जो आबेले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हाने । दोस्रो गोली लागेपछि आबे भुइँमा ढले। त्यसपछि कार्यक्रममा उपस्थित मानिसहरूले उनलाई सीपीआर दिने प्रयास गरे। आबे हाल अस्पतालमा भर्ना छन्।

प्रतिक्रिया दिनुहोस्