बागमती नदीमा बेपत्ता दुई जनाको शव भेटियो

0
Shares

रौतहट ।

रौतहटको बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव आइतबार भेटिएको छ ।

भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर क्षेत्र घुम्न आएका तीन जना शनिबार बागमती नदीमा नुहाउने क्रममा बेपता भएका दुई जनाको शव बृन्दाबन नगरपालिका वडानम्बर १ सल्लेरी नदी किनारमा मुत अबस्थामा भेटिएको हो । तीन जना मध्ये भारत जिल्ला सितामडि कोटबजार बस्ने २७ बर्षीय सुमन साहको तत्कालै स्थानीयले उदार गरेका थिए भने बेपत्ता भएका ३१ बर्षिय मयकं अग्रवाल र अर्का ३१ बर्षिय गोलु कुमारको शव भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताउनु भयो ।

उनीहरुBR01HF6619 नम्वरको कारमा सबार रहेका थिए । बेपताको खोजी कार्य शनीबार देखिनै जारी रहेको थियो ।