धुलिखेलको टुँडिखेलमा गुलाफ पार्क

0
Shares

काभ्रे।

धुलिखेल नगरपालिकालाई शून्य कार्वन उत्सर्जन गर्ने विश्वका १५ शहर भित्र परे लगत्तै त्यसका पूर्वाधार संरक्षण गर्न र थप संरचना निर्माण गर्न एक लाख विरुवा बृक्षारोपण गर्ने अभियानलाई तीव्रता दिएको छ । धुलिखेलको टुडिखेलमा विश्वभरी पाईने गुलाफको फुलको बगैचा निर्माण शुरु गरिएको छ ।

 

नगर प्रमुख अशोक ब्याञ्जुले बृक्षारोपण गर्ने, शून्य कार्वन उत्सर्जन गर्ने उद्योगहरु स्थापना गर्ने, पूर्वाधार निर्माणलाई वातावरण मैत्री बनाउने, वन संरक्षण तथा वन क्षेत्रलाई ४० प्रतिशत पु¥याउने जस्ता योजनामा कार्य गरिरहेको बताउनु भयो । प्रदुषणायुक्त शहर, नेपालमै पहिलो पटक वातावरण मैत्री वन ऐन बनाउने नगरपालिका भएकाले शून्य कार्वन उत्सर्जन गर्नका लागि बृक्षारोपण अभियानलाई तीव्र बनाएको हो । नगरपालिकाले ६१ प्रतिशत घरबाट निस्कने फोहोर पानीलाई शुद्ध बनाउँदै खोलामा पु¥याएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । दिसाजन्य लेदोबाट ग्याँस र मल बनाउने गरी परियोजना शुरु गरिएको बताउँदै उहाँले पहिलो चरणमा वडा नम्वर २ र ११ मा बृक्षारोपण गरी बन क्षेत्र बृद्धी गर्न शुरु गरिएको बताउनु भयो । धुलिखेलको टुँडिखेल पार्कमा विश्वभरका गुलाफ फुलहरु उत्पादन गर्ने गरी बगैचा निर्माण शुरु गरिएको प्रमुख ब्याञ्जुले बताउनु भयो ।

पारिवारीक निजी वन संघ नेपाल केन्द्रीय समिति, जिल्ला समिति, व्रिटिस काउन्सिल तथा धुलिखेल नगरपालिकाले एक कार्यक्रमका बीच धुलिखेलमा विभिन्न जातका विरुवाहरुको बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । उक्त अभियानमा २० हजार विरुवा रोपण गरिनेछ । उक्त अभियानले ८ हजार विरुवा ललितपुरको टिका भैरवमा रोपण गरेको छ । २० हजार विरुवा पुर्ण रुपमा हुर्कदा ८ हजार टन कार्वन न्यूनिकरण हुनेछ ।

सोही कार्यक्रममा उपप्रमुख निराजन जंगम, पारिवारिक नीजि वन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरी, जिल्ला अध्यक्ष संजिव ढकाल, केन्द्रीय उपाध्यक्ष शुशिला खतिवडा, मिस नेपाल अर्थ २०२२ की विजेता डा. सरिशा श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघका बागमति प्रदेश अध्यक्ष विनोद सापकोटा, व्रिटिस काउन्सिलका युदान मानन्धर लगायतले बृक्षारोपण अभियानबाट शुन्य कार्वन उत्र्सजन गर्न सहयोग गर्ने बताउनु भयो ।

धुलिखेल दिगो विकास लक्ष्य प्राप्तिमा दक्षिण एशियाको पहिलो शहर बनेको छ । गरिवी न्यूनिकरण, शिक्षा, स्वास्थ र खानेपानीमा नगरपालिकाले उल्लेख्य सफलता प्राप्त गरेको छ ।